एजेन्सी । बलिउड अभिनेत्री सनी लियोन छोटो समयमै अलग पहिचान बनाउने नायिकामा गनिन्छिन् । र, उनी जहाँ पुग्छिन् त्यहाँ आफ्नो छाप छोडेर जान्छिन् । फिल्म ‘रईस’की ‘लैला’ अर्थात सनी लियोन केहि न केहि कारण मिडिया चर्चित बनिरहेकी छन् । यस वर्ष पनि सनीको लागि सफलताको वर्ष हुने अनुमान लगाउन थालिएको छ ।
कुनै समय सनीलाई हिरोइन भन्न असहज मान्ने तथा नाम सुन्दा पनि नाक खुम्च्याउनेहरु अहिले उनको सफलतालाई नजिकबाट नियालिरहेका छन् । सनीको प्रमुख भूमिका रहेको करीब ११ मिनेटको एक शर्ट फिल्म आउँदै गरेको फिल्मफेयर अवार्डको नोमिनेसनमा परेको छ ।
बताइएअनुसार अब बलिउडकी यी ‘बेबी डल’ले फिल्ममा स्तन क्यान्सर र धुम्रपानको विषयलाई लिएर आममानिसमा सचेतना जगाइरहेकी देखिएकी छन् । यसलाई इन्टरनेटमा लाखौं मानिसहरुले हेरेका छन् र धन्यवाद दिइरहेका छन् । सनीको शर्ट फिल्मको नाम नै ‘इलेवन मिनेट’ । यस शर्ट फिल्ममा बलिउडका अग्रज अभिनेता आलोकनाथ र दीपक डोबरियालसमेत सामेल छन् ।
यस फिल्मलाई लिएर सनीले एक बयान जारी गरेर भनेकी छन् कि फिल्मफेयरको लागि नोमिनेट हुनु गर्वको कुरा हो ।
The post सनी लियोनलाई यसकारण मानिसहरु धन्यवाद दिइरहेका छन् appeared first on Sajha Post.