एजेन्सी, ११ फाल्गुन । बलिउड अभिनेत्री कट्रिना कैफले हालै लगाएको एक गाउनबारे निकै चर्चा भइरहेको छ । आफ्नो आउटफिटको मूल्यका कारण सामाजिक सञ्जालमा कट्रिनाले निकै चर्चा पनि बटुलेकी छन् ।
सामाजिक सञ्जालमा खासै सक्रिय नहुने कट्रिनाले बेलाबेला भिडियो र फोटो बेलाबेला इन्टरनेटमा राख्ने गर्छिन् । यसैक्रममा गाउन लगाएर उनले पोष्ट गरेका तस्बिर यतिबेला चर्चामा छन् ।
कट्रिनाले आफ्नो इन्टाग्राममा गाउन लगाएका तस्बिर पोष्ट गरेकी छन् । तस्बिरमा उनका फ्यानले विभिन्न प्रतिक्रिया पनि जनाएका छन् ।
खासमा कट्रिनाले लगाएको सेतो गाउनको मूल्यका कारण उनको चर्चा हुन थालेको हो । उनी हालै नायका फेमिना ब्युटी अवार्डमा सहभागी भएकी थिइन् । सो अवसरमा उनलाई ‘के ब्युटी’ को अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा सेतो रंगको गाउन लगाएकी थिइन् । उक्त गाउनमा उनी झनै सुन्दर देखिएकी थिइन् । तर गाउनको मूल्य सुन्दा कान ठाडा हुन्छन् ।
बलिउड लाइफको एक समाचार अनुसार कट्रिनाले लगाएको सेतो गाउन डिजाइनर एलेक्स पेरीले बनाएका हुन् । उक्त गाउनको मूल्य १ लाख ९३ हजार ४ सय ६४ भारु (३ लाख १० हजार १ सय ५९) पर्ने समाचारमा उल्लेख छ ।
पछिल्लो समय सलमान खानसँगै ‘भारत’ मा देखा परेकी थिइन्, कट्रिना । गत वर्ष रिलिज भएको उक्त फिल्म सुपरहिट भएको थियो । फिल्ममा नायिकाको भूमिका रहेकी कट्रिनाको निकै तारिफ पनि गरिएको थियो ।
त्यस्तै, छिट्टै नै कट्रिनालाई एक पटक फेरि अक्षय कुमारसँग फिल्म ‘सूर्यवंशी’ मा देख्न पाइने छ । रोहित शेट्टीले निर्देशन गरेको यो फिल्म यही मार्च २७ मा रिलिज हुँदैछ ।
The post चर्चामा कट्रिनाको गाउन, मूल्य सुन्दा कान ठाडा हुन्छन् appeared first on Sajha Post.