एजेन्सी, ९ फाल्गुन । अजय देवगन , काजोल र सैफ अली खानको ‘तान्हाजी: द अनसङ वारियर’ले बक्स अफिसमा ४२ औं दिनसम्म पनि धमाका मच्चाइरहेको छ ।
योसँगै ‘तान्हाजी’ले एउटा विश्व रेकर्ड पनि बनाउन सफल भएको छ । उक्त रेकर्ड बनाउँदै अजयको फिल्मले कमाइको हिसाबले अक्षय कुमारको ‘गुड न्यूज’लाई पछि पारेको छ ।
बक्स अफिस इन्डियाको वेभसाइट अनुसार ‘गुड न्यूज’ ले विश्व स्तरमा हालसम्म ३०४ करोड भारू आम्दानी गरेको छ भने ‘तान्हाजी’ ले ३४८ करोड कमाइ गरेको छ ।
‘तान्हाजी’ले फेब्रुअरी महिनामा पनि राम्रो गरिरहेको छ । फिल्मले पछिल्लो समय रिलिज भएका ‘पंगा’, ‘लभ आजकल’ जस्ता फिल्मलाई टक्कर दिइरहेको छ ।
शानदार सफलता हात पारेको ‘तान्हाजी’ले यस वर्षमा हालसम्म सबैभन्दा बढी कमाउने बलिउड फिल्म पनि बनेको छ । यता विश्वस्तरमा सबैभन्दा बढी कमाइ गर्ने बलिउड फिल्ममध्ये चौथो नम्बरमा पर्न सफल भएको छ ।
The post अजय देवगनको ‘तान्हाजी’ले अक्षय कुमारको रेकर्ड तोड्यो, ६ हप्ताको कमाइ कति ? appeared first on Sajha Post.