काठमाडौँ, ८ मंसिर । बलिउडकी चर्चित अभिनेत्री कृति खारबण्डा र अभिनेता पुलकितबीच लामो समयदेखि अफेयर्स चल्दै आइरहेको छ ।
यसबारे उनीहरुले खुलेरै चर्चा गरेका छन् । उनीहरुले आफ्नो सम्बन्धमा अनावश्यक दख्खल नदिन आग्रह गरेका छन् । कृतिले भनेकी छिन्,‘हामी सम्बन्धमा रहेका छौँ । तर, यो पारिवारिक कुरा हो । हामीलाई पनि केही स्पेस चाहिन्छ ।’
उनीहरुले यसबारे आफ्नो परिवारलाई पनि थाहा भएको बताएका छन् ।
पुल्कित शर्मा र यमी गौतमको लभ अफयेरको किस्सा आज पनि चल्ने गरेको छ ।
तर, यसले उनीहरुको सम्बन्धमा खासै फरक नपारेको उनीहरुले बताएका छन् । विवाहबारे पनि सोचेको र छिट्टै निर्णय लिने उनीहरुले बताएका छन् ।
The post चर्चित अभिनेत्री कृति खारबण्डा र अभिनेता पुलकित प्रेममा ! appeared first on Sajha Post.