काठमाडौं, २२ कात्तिक । बलिउडको सबैभन्दा सफल फ्रानचाइज फिल्म हो दबंग । यो फिल्मको तेस्रो भाग छिट्टै नै रिलिज हुँदैछ । दंबग ३ का लागि फिल्म युनिटले सबै तयारी भ्याइसकेको छ ।
तर, यस फिल्मका लागि केही गीतहरु कसलाई गाउन लगाउने भन्ने तनाव परेपछि अन्ततः सलमान खानले कठोर निर्णय लिएका छन् ।
यो फिल्मलको पहिलो संस्करणमा पाकिस्तानी गायक राहत फते अली खानले गीत गाएका थिए ।
उक्त गीत सुपर हिट भएको थियो । दोस्रो संस्कराण्मा पनि राहतलाई लिन सलमान खानले नै प्रस्ताव गरेका थिए ।
तर, तेस्रो संस्करणमा आइपुग्दा सलमान खानले राहतलाई नलिने भएका छन् ।
भारत र पाकिस्तानबीच भएको तनावका कारण उनले राहतलाई नलिएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार भारतीय फिल्मकर्मीहरुले पाकिस्तानी कलाकारहरुलाई नलिने निर्णय गरेको बताइएको छ । यसको असर पाकिस्तानी गायकहरुलाई पनि परेको छ ।
The post राहतसँग काम गर्न मानेन् सलमान खानले appeared first on Sajha Post.