काठमडौँ, १९ कात्तिक । नौ वर्षपछि संजय लिला भंसाली र ऋतिक रोशनले सँगै काम गर्ने भएका छन् ।
फिल्म बइजु बावरा फिल्मका लागि ऋतिकले संजयसँग काम गर्न लागेका हुन् ।
यसअघि उनीहरुले फिल्म गुजारिसमा काम गरेका थिए । उक्त फिल्म सुपर फ्लप भएको थियो ।
त्यसपछि यी दुईले एक अर्कासँग काम गरेका थिएनन् ।
फिल्म सुपर ३० र वारमा सफलता हात पारेपछि संजय ऋतिकदेखि निकै प्रभावित भएको बताएका थिए ।
अन्ततः उनले फिल्म बइजु बावराका लागि ऋतिकलाई मनाउन सफल भएको बताइएको छ ।
The post फिल्म ‘बइजु बावरा’का लागि संजयले ऋतिकलाई लिने appeared first on Sajha Post.