Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘पशुपतिप्रसाद’पछि अब खगेन्द्रको ‘धनपति’बन्दै

$
0
0

काठमाडौं, ३० मंसिर । सामाजिक विषयमा बनेको चलचित्र ‘पशुपति प्रसाद’को सफलतापछि निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा कलाकार खगेन्द्र लामिछानेविच फेरि सहकार्य हुने भएको छ । उनीहरुको सहकार्यमा नयाँ चलचित्र ‘धनपति’ बनाउने भएका छन् ।
खनालले निर्देशन गरेका चलचित्र ‘पशुपति प्रसाद, ‘चपली हाइट’ जस्ता चलचित्रले राम्रो व्यापार गरेसँगै उनको हाइप बढेको छ ।

उनले अब नयाँ चलचित्र धनपति मार्फत दर्शकमाझ अाउने तयारी गरेका छन् । उक्त चलचित्रमा ‘पशुपति प्रसाद’ फिल्मका नायक खगेन्द्र लामिछाने मुख्य भुमिका देखिँदैछन् । उक्त फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्तको अभिनय रहनेछ ।

सुरक्षा ‘अझैपनि’ फिल्मबाट नेपाली रजपटमा भित्रिएकी हुन् । चलचित्रमा रोजिन सिटौलाको लगानी रहनेछ ।

सपना र अहंकारका कारण एउटा मानिसहरुले भोग्नुपर्ने पिडाको कथामा फिल्म बन्नेछ । फिल्म माघबाट फ्लोरमा जाँदैछ ।

The post ‘पशुपतिप्रसाद’ पछि अब खगेन्द्रको ‘धनपति’ बन्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles