Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पार्टी छाडेपछि रेखालाई दीपकको दनक- टिका लगाउने कि टिक्ने ?

$
0
0

काठमाडौं, २७ मंसिर । केही वर्षअघि माओवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काई मर्काई नाँचेर माओवादी छिरेकी चर्चित नायिका रेखा थापा राप्रपा छिर्ने पक्का भएपछि उनीबारे टिप्पणी सुरु भएको छ ।

सामाजिक सञ्जालमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यो क्रम सर्वसाधारणमा मात्र सिमित छैन । सिने क्षेत्रकै कलाकारहरुको पनि प्रतिक्रिया आउन थालेको छ । यसैक्रममा चर्चित हास्यकलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा रेखाको राप्रपा प्रवेशलाई लिएर खरो टिप्पणी गरेका छन् ।

यस्तो छ दीपकको स्ट्याटसको सम्पादित रुपः

रेखाजी राप्रपा मा जाने रे, यो समाचार सुनेर म त खुसी भएँ ! हामी कलाकार एउटै फिल्ममा झुन्डिएर बस्ने बानि नै हुँदैन। जम्मा ३० दिनको एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्ट खत्तम, अर्को फिल्मको सुटिङ सुरू।

कुरो क्लियर छ – फिल्म चेन्ज, हिरो चेन्ज। फिल्म ‘माओवादी’को ठाउँमा फिल्म ‘राप्रपा’। हिरो प्रचण्डको ठाउँमा हिरो कमल थापा।

दलहरूले विचार गर्नुपर्छ, टीका लगाउनेहरूलाई आफ्नो नसम्झ। टिक्नेहरूलाई आफ्नो सम्झ।

हामी त कलाकार, जतातिर लाइटिङ, उतैतिर फाइटिङ!

The post पार्टी छाडेपछि रेखालाई दीपकको दनक- टिका लगाउने कि टिक्ने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles