काठमाडौँ, १७ कात्तिक। बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेको जोडी हो रणवीर दीपिकाको । यी दुई जोडीले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेका थिए ।
विवाहपछि पनि यो जोडी उत्तिकै चर्चामा रहेको छ ।
अघिंकाश बिहान दीपिका र रणवीरबीच ब्याटमिन्टन प्रतिस्पर्धा हुने गरेको रणवीरले बताएका छन् । दीपिकाको परिवार व्याटमिन्टन खेलसँग सम्बन्धित रहेको छ ।
तर, दीपिकाले अभिनय क्षेत्रमा आफ्नो भविष्य रोजिन् ।
तर, खेलप्रति उनको मोह उत्तिकै रहेको छ । रणवीर दीपिकासँग व्याटमिन्टनमा पराजित हुने गरेको खुलासा भएको छ ।
तक्त फिल्मको लागि तयारी गरिरहेका रणवीरले दीपिकासँग हारेपछि बल्ल आफ्नो राम्रो दिन सुरु हुने बताएका छन् । उनी फिल्म ८३ मा पनि व्यस्त रहेका छन् ।
The post यसरी सुरु हुन्छ रणवीर र दीपिकाको बिहान appeared first on Sajha Post.