काठमाडौँ, ३० असोज । बलिउडका चर्चित फिल्म निर्देशक हुन् संजय लिला भंसाली ।
उनले निर्माण गरेका प्राय फिल्महरु ब्लक बस्टर रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले आलिया भटलाई लिएर फिल्म निर्माण गर्ने भएका छन् ।
फिल्म गंगुबाइ कथियावाडीका लागि आलिया भटलाई चुनेका हुन् ।
पछिल्लो समय निकै व्यस्त अभिनेत्रीका रुपमा आलिया परिचीत रहेकी छिन् । यो फिल्मको रिलिज डेट पनि फिक्स भएको छ । यो फिल्म सन् २०२० को सेप्टेम्बर ११ मा रिलिज हुनेछ ।
यस फिल्मका लागि प्रियंका चोपडलाई लिने तयारी गरेका संजयले अन्ततः आलियालाई रोज्न पुगेका छन् ।
The post फिल्म ‘गंगुबाइ कथियावाडी’मा आलिया भट appeared first on Sajha Post.