काठमाडौँ, १६ असोज । अक्टोरबर २ मा रिलिज भएको फिल्म वारले रिभ्यु अत्यन्त राम्रो पाएको छ ।
मिडिया रिपोर्टका अनुसार यस फिल्मले ३०० करोडभन्दा बढीको कमाइ गर्ने अपेक्षा गरिएको छ ।
यशराज व्यानरले निर्माण गरेको यस फिल्ममा ऋतिक रोशन र टाइगर श्रौफको प्रमुख भुमिका रहेको छ ।
एक्सन जनराको यस फिल्मको ट्रेलर सार्वजनिक भएसँगै बक्स अफिसमा कमाल गर्ने अनुमान गरिएको थियो ।
यस फिल्मका गीतहरु पनि सुपरहिट भइसकेका छन् ।
सुपर ३० ले बक्स अफिसमा सानदार कमाइ गरेको केही महिना नबित्दै ऋतिकको अर्को फिल्मले पनि सुपरहिट हुने छनक देखाएको छ ।
The post फिल्म ‘वार’ले पायो अत्यन्त राम्रो रिभ्यु appeared first on Sajha Post.