Quantcast
Viewing all articles
Browse latest Browse all 3084

ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ अमेरिकामा

Image may be NSFW.
Clik here to view.

काठमाडाैं, १५ असोज ।  आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक संस्थाका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् । विगत ३ वर्षमा तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डको उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले बताए ।

नेपाली फिल्म ईण्डस्ट्रिजलाई विश्व बजार सम्म फैलाउने मुख्य उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबि रहेको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने आयोजकले जनाएको छ ।

 

The post ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ अमेरिकामा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles