मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको सुसाइडको खबरले सञ्चार माध्यमहरुमा चर्चा पाएको छ । भारतीय मिडियाले ऐश्वर्याले विगतमा सुसाइडको प्रयास गरेको दाबी गरेको छ ।
सुरुमा उनको बोल्ड सिनलाई लिएर परिवारमा निराशा छाएको भएपनि पछि अमिताभ बच्चनले कोलकत्ता फिल्म फेष्टिबलको क्रममा बुहारीको अभिनय बलियो भएको बताएका थिए । उनले ऐश्वर्याको अभिनयको खुलेरै तारिफ गरेका थिए ।
कारण के थियो ?
सोही क्रममा ऐश्वर्याको नाडीमा चोट लागेको थियो । मिडियाका अनुसार बच्चन परिवारले उक्त घटना देखेपछि घरमै डाक्टर बोलाएर उपचार गरिएको थियो । यतिमात्र हैन, जब ऐश्वर्याको होश अाएको थियो त्यो बेला उनले भनेकी थिइन्, ‘मलाई मर्न दिनुहोस् ।’ तर यो खबरलाई केहीले भने झुट भएको बताएका थिए ।
यसकारण अफवाह साबित भयो यो खबर
केही मिडियाले अात्महत्याको प्रयास गरेको भन्दै ऐश्वर्याको फोटो समेत शेयर गरेका थिए । उक्त फोटोमा उनी घाइते भएको देखिन्थिन् । यद्यपी रिपोर्टका अनुसार उक्त फोटो १२ वर्ष पहिले फिल्म ‘खाकी’ को शुटिङको थियो । त्यसबेला उनी नियन्त्रण बाहिर रहेको जीपको ठक्करका कारण घाइते भएकी थिइन् । पछि उनलाई नजिकैको अस्पतालमा भर्ना गराइएको थियो ।
ऐश्वर्याको अात्महत्याको प्रयास भनिएको खबर निराधार हो । तर भारतीय सञ्चारमाध्यमहरुले चर्चामा अाउन हल्ला फैलाएको बताइएको छ ।
The post ऐश्वर्याले अात्महत्याको प्रयास गरेको भनिएको खबरको सत्यता यो रहेछ… appeared first on Sajha Post.