काठमाडौं, २१ मंसिर । पछिल्लो समय चर्चामा अाएकी गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘माया जालैमा’ सार्वजनिक भएको छ ।
उक्त गीतमा युवा पुस्तामाझ लोकप्रिय गायिका मेलिनाको साथमा मविन्द्र राईको अावाज रहेको छ । यस गीतमा मविन्द्र कै शब्द तथा संगीत रहेको छ । युवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक ‘माया जालै’ मा बोलको भिडियोमा शैलेस हमाल र अन्जु भण्डारीको अभिनय रहेको छ ।
भिडियोमा शैलेस र अन्जको केमेष्ट्रि निकै लोभलाग्दो देखिएको छ । रुपेश श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको भिडियोको मेकिङ गज्जबकै देखिन्छ । लगातार आफ्ना गीतहरु दर्शक, स्रोताहरुले मनपराइरहेको अबस्थामा चाँडै गायक मविन्द्र राईले ‘तर्की तर्की’ बोलको गीत पनि बजारमा ल्याउँदैछन् ।
भिडियो हेर्नुहोस्:
The post मेलिना र मविन्द्रको गीतमा शैलेस र अन्जुको रोमान्स (भिडियोसहित) appeared first on Sajha Post.