एजेन्सी । दुवईको एक मोडल तथा फोटोग्राफर उमर बोरकान अल गाला हाल एक चर्चित वेभसाइटद्वारा जारी गरिएको विश्वका ह्याण्समहरुको सुचीमा छैटौं स्थानमा छन् ।
उनी पछि दुवईबाट साउदी सिफ्ट भएका थिए । रिपोर्टका अनुसार धेरै सुन्दर भएकै कारण उनलाई साउदी अरबबाट देश निकाला गरिएको थियो । २९ वर्षीय उमर मध्यपुर्वका देशहरुमा चर्चित छन् । विशेषगरी महिलाहरु उनको डाइहर्ट फ्यान छन् । उनले एक अन्तरवार्तामा बताएका थिए कि उनका एक फ्यानले उनलाई जन्मदिनको अवसर पारेर मर्सिडिज उपहार दिएका थिए । उमर ती उपहार दिने फ्यानलाई भेटिसकेका पनि छन् ।
साउदीको राजधानी रियादमा भएको एक धार्मिक कार्यक्रममा उनी पनि सहभागी थिए । सोही बेला उनलाई बढी ह्याण्डसम भएको भन्दै देश छोड्न अादेश दिइएको थियो ।
साउदीकै मिडियाका अनुसार उमर साउदीको हिसाबमा अत्याधिक सेक्सी थिए । यसैकारण उनलाई देश निकाला गरियो ।
त्यो घटनापछि उनी परिवारका साथ क्यानडा बस्न गए । यस विवादले उनलाई झनै चर्चित बनायो । सामाजिक सञ्जालमा उनको करोडौं शुभचिन्तक छन् ।
उमरले यास्मीन ओवेदासँग विवाह गरिसकेका छन् । उनको एक छोरा पनि छ ।
The post दुवईका यी मोडलले धेरै ह्याण्सम हुँदा भोग्नुपर्यो यस्तो सजाय appeared first on Sajha Post.