काठमाडौं, १४ मंसिर । नेपाली संगीत क्षेत्रका चलेका गायक तथा सर्जक प्रकाशले पञ्चेबाजा गीत ‘माकुर माकुर घुर’ अाफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । उनले अाफ्नै बिहेमा उक्त गीतको भिडियो छायांकन गरेका हुन् ।
उनले अाफ्नै जीवनको वास्तविक कहानी र मौलिक परिवेशमा अाधारित भएर उक्त गीत बनाएका हुन् । बसन्त थापाको लय रहेको गीतमा उनले अाफैंले शब्द कोरेका हुन् भने स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छन् । युट्युवमा पनि निकै रुचाइएको ‘माकुर माकुर घुर’ लाई शंकर बिसीले निर्देशन गरेका हुन् ।
सपुतको करीब दुई दर्जन गीतमा अावाज दिएका छन् भने पाँच दर्जनको हाराहारीको गीतमा मोडलिङ पनि गरिसकेका छन् ।
भिडियो हेर्नुहोस्:
The post यस्तो छ अाफ्नै बिहेमा तयार पारिएको प्रकाशको पञ्चेबाजा गीत (भिडियोसहित) appeared first on Sajha Post.