एजेन्सी । बलिउड अभिनेत्री अालिया भट्ट र अभिनेता सिद्धार्थ मल्होत्रा एकअापसमा नजिकिएको खबर अाएको थियो । बताइएअनुसार अालिया सिद्धार्थसँग प्रेममा परेकी थिइन् । तर केही दिन अगाडी मात्र यिनीहरुको सम्बन्धमा खटपट अाएको थियो । अब भने त्यो खबरमा पनि विराम लागेको छ ।
सोमबार मध्यरातमा अालिया अाफ्नो कथित ब्याइफ्रेण्ड सिद्धार्थको घरमा पुगिन् । त्यसबखत सिद्धार्थको बाबुअामा पनि घरमै थिए । त्यसपछि त्यहाँबाट अालिया लण्डन प्रस्थान गरिन् ।
हालै अालियाको बहिनी शाहीन भट्टको बर्थडे पार्टीमा सिद्धार्थको पनि उपस्थिति रहेको थियो । दुवैले अाफूहरु असल साथी भएको बताएका छन् । जब यी दुईको ब्रेकअपको खबर अाएको थियो, अालियाले भनेकी थिइन्; ब्रेकअप तब हुन्छ जब हाम्रो अफेयर हुन्छ ।’
अब भने यो घटनाले अालिया र सिद्धार्थ प्रेममा परेको कुरा बलिउड नगरीमा चर्चा चल्न थालेको छ ।
The post मध्यरातमा अालिया किन पुगिन् सिद्धार्थको घर ? appeared first on Sajha Post.