काठमाडौँ, ८ फागुन । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘गली ब्बोइ’ले एक हप्तामा ८१.५ करोड कमाउन सफल भएको छ । यो फिल्म रिलिज भएसँगै जम्मु काश्मिरमा भएको घटनाका कारण यस फिल्मको कलेक्शनमा प्रभाव परेको बताइएको छ । यो फिल्मले सुरुको अनुपात हेर्ने हो भने सय करोड क्लबमा प्रवेश गर्नुपर्ने थियो । तर, एकाएक सिर्जित घटनाले फिल्मको कलेश्कसनमा असर पुर्याएको छ ।
यसअघि उनको रिलिज भएकोए फिल्म सिम्बाले पनि सानदार कमाइ गरेको थियो ।
बक्स अफिसमा उनको एकपछि अर्को फिल्मले कमाइ गर्न थालेपछि उनको चर्चा पनि उत्तिकै चुलिएको छ ।
उनकोे अभिनयको तारिफ चौतर्फी भइरहेको छ । यस फिल्ममा रणवीर सिंह, आलिया भट, कल्की कोचलिनको प्रमुख भुमिका रहेको छ ।
यस फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् ।
The post फिल्म ‘गली ब्बोइ’ले एक हप्तामा ८१.५ करोड कमाउन सफल appeared first on Sajha Post.