Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दुई वर्षअघिको काण्डलाई लिएर कपील शर्माले प्रधानमन्त्री मोदीसँग मागे माफी

$
0
0

एजेन्सी, १४ माघ । विवादहरुसँग कपील शर्माको पुरानो सम्बन्ध रहि आएको छ । कुनै समय यस्तै विवादले नै उनको करियरलाई दुर्घटनामा पुर्याएको थियो भने कतिपटक उनी माफी मागेर त्यस्तो दुर्घटनाबाट बच्न सफल भएका छन् ।

हजुर, गए राति अनएयर भएको एपिसोडमा कपील शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी मागेका छन् ।

उक्त एपिसोडमा अनिल कपुर, सोनम कपुर, जूही चावला र राजकुमार राव गेस्टको रुपमा उपस्थित थिए । शोमा कपिलले राजकुमार रावसँग प्रधानमन्त्री मोदीसँग भेट भएको र आफ्नो विषयमा मोदीले केही सोधेको पनि जिज्ञासा व्यक्त गरेका थिए ।

जवाफमा राजकुमार रावले भने, ‘जब मैले नरेन्द्र मोदीलाई भेटे तब उनी तपाईसँग रिसाएका थिए । सुनेको थिए कुनै ट्वीट गरिदिएका छन् रे ।’
राजकुमार रावको कुरा सुन्ने वित्तिकै कपीलले प्रधानमन्त्री मोदीसँग नेशनल टेलिभिजन च्यानलबाट माफी मागे । यति मात्र होइन नवजोत सिंह सिद्धुले कपीललाई राति १२ बजे ट्वीट गर्दाको नतिजा त्यस्तै हुने भन्दै व्यंग्य पनि गरेका थिए ।

तपाईलाई थाहा नहुन सक्छ सन् २०१६ मा कपील शर्माले ट्वीट गर्दै लेखेका थिए, ‘म प्रत्येक वर्ष सरकारलाई १५ करोड रुपयाँ कर दिन्छु तर पनि मुम्बाईमा आफ्नो अफिसका लागि मैले बिएमसीलाई पाँच लाख घुस दिनु पर्छ । के यही हो तपाईको अच्छे दिन ?’

यस अघि कपील शर्माको पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको थियो ।

The post दुई वर्षअघिको काण्डलाई लिएर कपील शर्माले प्रधानमन्त्री मोदीसँग मागे माफी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles