काठमाडौँ, १४ माघ । बलिउडमा पछिल्लो समय साहरुख खानका फिल्महरुले राम्रो प्रभाव पार्न सकिरहेको छैन ।
एक महिना अगाडि रिलिज भएको भएको फिल्म जिरो पनि फ्लप भएपछि साहरुख खान यतिखेर तनावमा रहेका छन् ।
एकपछि अर्को फिल्मले बक्स अफिसमा सोचेजस्तो कलेक्सन गर्न नसकेपछि उनीमाथि लगानी गर्न निर्माताहरु पनि डराउन थालेका छन् ।
भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक सारे जहाँ से अच्छा फिल्म चर्चामा आएको छ ।
यस फिल्ममा साहरुख खानलाई लिने भनिएको थियो र फाइनल पनि गरिएको थियो ।
तर, अन्तत यो फिल्मबाट साहरुख खान आफै आउट भएको बताइएको छ ।
अब यो फिल्ममा भिक्की कौशलले काम गर्ने मिडिया रिपोर्टमा उल्लेख छ । उरी फिल्मको सफलता पनि उनको बलिउडमा डिमाण्ड बढेर गएको छ ।
The post शाहरुख खानलाई अर्को झट्का appeared first on Sajha Post.