काठमाडौँ, १५ माघ । विगत २५ वर्षदेखि बलिउड फिल्ममा अनवरत काम गरिरहेका मनोज बाजपेयीलाई पद्यश्री अवार्डबाट सम्मानित गरिएको छ ।
अवार्ड पाएपछि उनले प्रतिक्रिया दिदै भनेका छन्, ‘यो अवार्ड पाउँदा म निकै खुसी भएको छु । मैले अवार्ड पाउनुभन्दा पनि सबैजनाले यसको तारिफ गर्नु मेरो लागि ठुलो कुरा हो ।’
उनले ठ्ट्यौली शैलीमा भनेका छन्, ‘यो अवार्ड पाएपछि ट्वीटमा कसैले पनि गाली गरेको छैन । धन्य छ सबै जना खुसी देखिन्छन् ।’
उनले दुईवटा नेशनल अवार्ड समेत जितिसकेका छन् । उनी फिल्म समिक्षकहरुको पनि रोजाइका अभिनेता हुन् । उनको तारिफ धेरै नै सुन्न पाइन्छ ।
उनले भनेका छन्, ‘मलाई यसको लायक ठानिदिएकोमा धन्यवाद दिन चाहन्छु ।’
The post ‘खुसी छु अवार्ड पाउँदा ट्वीटरमा आलोचना भएन’ appeared first on Sajha Post.