Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सैन्य प्रशिक्षणका क्रममा घाइते अभिनेता पाङको निधन

$
0
0

एजेन्सी, १० माघ । न्यूजील्याण्डमा सैन्य प्रशिक्षणको क्रममा गम्भिर घाइते भएका सिंगापूरका चर्चित अभिनेता एलायसियस पाङको निधन भएको छ । बुधबार राती रक्षामन्त्रालयले एक विज्ञप्तीमार्फत २८ वर्षीय अभिनेता पाङको हैमिल्टनस्थित वाइकाटो अस्पतालमा उपचार चलिरहेको बताएको थियो ।

पटकौं पटकको पेटको शल्यक्रिया पश्चात पनि एलायसियस पाङको ज्यान बच्न सकेन ।

पाङ त्यहाँ सिंगापूर सशस्त्र बलका दुई अन्य सैनिकहरुसँग एउटा तोप मरर्मतको काम गरिरहेका थिए । यसै दौरान उनलाई तोपको नलीले लागेको थियो । घायल पाङलाई तत्काल वाइकाटो अस्पताल लगियो । त्यहाँ उनको धेरैवटा शल्यक्रिया भए तर उनलाई बचाउन भने सकिएन ।

एलायसियस पाङको नाम २०१६ मा स्टार अवार्ड्समा दससबैभन्दा लोकप्रिय पुरुष कलाकारहरुको सूचीमा समावेश थियो ।

The post सैन्य प्रशिक्षणका क्रममा घाइते अभिनेता पाङको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles