एजेन्सी । अामा बन्ने चाहना नहुने महिला सायद कमै होलान् । त्यस्तै हलिउड अभिनेत्री किम कार्दशियन एकपटक फेरी अामा बन्न चाहेकी छन् । तर किम अामा बन्न नसक्ने सम्भावना पनि उत्तिकै छ । यसका लागि उनीसँग अब मात्र सेरोगेसीको बाटो बाँकी छ ।
चिकित्सकले यसपटक पनि उनी अामा बन्ने कोशिस गरेमा उनको ज्यान समेत जान सक्ने बताएका छन् । किमले अाफ्ना अघिल्ला दुई सन्तान जन्माउन निकै नै कष्ट भोग्न परेको थियो । जसका लागि उनले लगातार चिकित्सकको सहयोग लिएकी थिइन् ।
तर यसपटक तेस्रो बच्चा जन्माउनका लागि किमले निकै ठूलो जोखिम मोल्नुपर्ने बताइएको छ । किमकी डाक्टर पप क्रेनले किमलाई भने, ‘तपाईलाई यो थाहा नहुन सक्छ यसपटक उनको समस्या पहिलेको जस्तो नै अफ्ट्यारो हुनसक्छ ।’ अझ यो पनि हुनसक्छ कि पहिलाको भन्दा पनि मुस्किल । तर मलाई थाहा छ कि उनी प्राय जोखिम मोल्ने गर्छिन् । यसपटक तपाईको ज्यान पनि जानसक्छ ।
किमले यसपटक एक विशेषज्ञको सहयोग पनि लिएकी थिइन्, जसले उनलाई सेरोगेसीको मदत लिन अाग्रह समेत गरिएको बताइएको छ । अब किमले जोखिम लिनु झन् खतरा हुने चिकित्सकहरुले दावी गरेका छन् ।
The post किम कार्दशियन गर्भवती भएमा ज्यान जान सक्ने appeared first on Sajha Post.