काठमाडौं, ३ मंसिर । गत हप्ता प्रदर्शनमा अाएको नेपाली फिल्म ‘जात्रा’ले दमाकेदार व्यापार गर्दै दोस्रो हप्तामा पनि उत्तिकै दर्शक पाएको छ । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकहरुलाई यसले गतिलै प्रहार गरेको छ ।
त्यस्तै फिल्म यूनिट पनि यतिबेला राजधानी बाहिर निस्किएका छन् । उपत्यकाका मल्टिप्लेक्सहरुमा पनि दर्शकहरु अोइरिरहेका छन् । हल सञ्चालक तथा वितरक कम्पनीका अनुसार फिल्मले पहिलो हप्तामा मात्र १ करोड भन्दा बढि ग्रस कलेक्शन गरेको छ । यससँगै फिल्मले अब नाफाको व्यापार गर्न थालेको छ ।
फिल्म ‘जात्रा’लाई मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशकको रुपमा काम गरेका प्रदिप भट्टराईले निर्देशन गरेका हुन् भने रविन्द्रसिंह बानियाँले निर्माण हुन् । फिल्मका हरेक गतिविधिमा फरक खाले कमेडी रहेको बताइएको छ ।
The post फिल्म ‘जात्रा’ दोस्रो सातामा, कति गर्यो त व्यापार ? appeared first on Sajha Post.