काठमाडौँ, १ पौष । पुर्व भारतीय क्रिकेटर तथा काँग्रेस नेता नवोजोत सिंह सिद्धुमाथि अर्को समस्या आइ परेको छ ।
उनले जी न्युजविरुद्ध दिएको टिप्पणी उनलाई महँगो परेको छ । जी न्युजले मानहानीको मुद्धा दायर गर्दै एक हजार करोडको माग गरेको छ ।
सिद्धुलाई पठाएको नोटिसमा भनिएको छ, ‘सिद्धुले माफी नमागे हामी न्यायलय जान बाध्य हुनेछौँ । कानुनी प्रक्रिया अनुसार उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ ।’
विधानसभाको निर्वाचान प्रचारका क्रममा ‘पाकिस्तान जिन्दावाद’ विषयलाई लिएर यो विवाद उत्पन्न भएको हो ।
The post सिद्धुविरुद्ध मानहानीको आरोप, एक हजार करोडको माग appeared first on Sajha Post.