काठमाडौं, १ पुस । विश्व सुन्दरी प्रतियोतिमा भाग लिएर फर्किएकी श्रृंखला खतिवडाले निर्मला पन्तको न्याएका लागि आवाज उठाउने प्रतिवद्धता जनाएकी छन् । खतिवडाले भनिन्, ‘निर्मलाको न्यायका लागि म संघर्षमा उत्रन समेत तयार छु ।’
चिनको सान्यामा सम्पन्न ‘मिस वर्ल्ड’को एक महिने कार्यक्रममा सहभागी भएर फर्किएकी खतिवडाले अगाडि भनिन्, ‘निर्मलाले अहिलेसम्म न्याए पाइसक्नुपर्ने हो । यति लामो समय बितिसक्दा पनि उनले न्याए पाउन नसक्नु, त्यो भन्दा दुःखको कुरो केही हुन सक्दैन ।’ उनले आफ्नो पेजबाट यसअघि पनि आवाज उठाइरहेको स्मरण गराइन् ।
विश्व सुन्दरी प्रतियोगितामा जानुभन्दा अगाडि न्यायका लागि निकालिएको जुलुसमा आफू सहभागी भएको उनले बताइन् । उनले भनिन्, ‘भविश्यमा पनि केही गर्न सके भने गर्छु ।’ स्मरणीय छ, खतिवडा विश्व सुन्दरी प्रतियोगितामा भाग लिइरहँदा सामाजिक सञ्जालमा उनलाई निर्मलाको पक्षमा आवाज नउठाएको आरोप लगाइएको थियो ।
उनले उपाधि जित्न नसके पनि नेपाललाई संसारमा चिनाउन योगदान गरेको बताइन् ।
The post श्रृंखलाको प्रतिवद्धता- निर्मलाको न्यायको पक्षमा आवाज उठाउँछु appeared first on Sajha Post.