Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुनः चर्चामा प्रिया प्रकाश

$
0
0

एजेन्सी, २७ मंसिर । गूगलले सबैभन्दा धेरै खोजी गरिएका स्टार, फिल्म र गीतको यसवर्षको सूची जारी गरेको छ ।

गूगलको यो सूचीमा रजनीकान्तको फिल्म ‘टु पोइन्ट जिरो’ र बैली डान्सर नोरा फतेहीको सुपरहिट गित ‘दिलबर’ पर्न सफल भएका छन् ।

यसबाहेक गूगलको सूचीमा सबैभन्दा धेरै सर्च गरिएको स्टार बन्न सफल भएकी छिन् मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर । उनले बलिउडका सबै स्टार र हरियाणाकी सेन्शेसन र सिंगर सपना चौधरीलाई पनि पछाडि पारेकी छिन् ।

सर्वाधिक खोजी गरिएका स्टारहरुमा प्रिया प्रकाश वारियर प्रथम नम्बरमा छिन् भने अमेरिकी सिंगर तथा प्रियंका चोपडाका श्रीमान् निक जोनस दोस्रो नम्बरमा छन् । यी दुई बाहेक तेस्रो नम्बरमा हरियाणाकी सिंगर तथा बिग बस ११ कि प्रतिस्पर्धी सपना चौधरी छिन् । त्यस्तै प्रियंका चोपडा चार, सोनाम कपुरका श्रीमान् आनन्द आहूजा पाँचौं स्थानमा छन् । त्यस्तै नवोदित अभिनेत्री सारा अली खान छैठौं स्थानमा छिन् ।

गगूलमा पहिलो स्थान हासिल गरेकी प्रिया प्रकाशले प्रणय दिवसको दिन सार्वजनिक भएको एउटा भिडियोबाट चर्चा बटुलेकी थिइन् ।

The post पुनः चर्चामा प्रिया प्रकाश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles