Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दुईवर्षका तैमूर अली खान भर्सेस् प्रधानमन्त्री नरेन्द्र मोदी….

$
0
0

एजेन्सी, २३ मंसिर । हालै इन्टरनेटको सर्चिङ इंन्जिन याहूले भारतको चर्चित व्यक्तित्वहरुको सूची जारी गरेको थियो । उक्त सूचीमा दुई वर्षका तैमूर अली खानको नाम पनि समावेश गरिएको छ ।

चर्चित सेलिब्रेटीहरुको उक्त सूचीमा तैमूरका अभिभावक करीना र सैफले भने स्थान पाएका छैनन् । तैमूरले त्यस सूचीमा स्थान पाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि कडा टक्कर दिएका छन् । सूचीमा प्रधानमन्त्री मोदीको नाम पहिलो नम्बरमा छ । त्यस्तै तैमूरले त्यहाँ दशौं स्थान पाएका छन् । तैमूर यति कम उमेरमा नै देशको प्रधानमन्त्रीसँग लोकप्रियताको प्रतिस्पर्धामा उत्रिएका छन् ।

खबरहरुको अनुसार तैमूरको एउटा तस्वीर १५ सय रुपयाँमा बिक्री हुन्छ ।

तैमूरको लोकप्रियताको कारण बजारमा उनको नामको सफ्ट टोयपनि आएको छ ।

उक्त सूचीको दोस्रो स्थानमा कंग्रेस दलका अध्यक्ष राहूल गान्धीको नाम आएको छ । तेस्रो स्थानमा देशका पूर्व मूख्य न्यायधीश दिपक मिश्र, चौथोमा विजय माल्या, पाचौंमा निरव मोदी आएका छन् ।

The post दुईवर्षका तैमूर अली खान भर्सेस् प्रधानमन्त्री नरेन्द्र मोदी…. appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles