एजेन्सी, २४ मंसिर । भारतीय धनाढ्य मुकेश र नीता अम्बानीकी एक्ली छोरी इशा अम्बानीको विवाह पूर्वको रौनक समापन हुन नाम लिइरहेको छैन । विवाहपूर्वका अन्य रीतिरिवाजलाई सम्पन्न गर्ने क्रममा शनिबारको भव्य संगित कार्यक्रममा बलिउडका सबै स्टारहरु झुमिरहेका थिए ।
शाहरुख खान, गौरी खान देखि एश्वर्य राय, अभिषेक बच्चनसम्म मेघा बासमा रमाइरहेको देखिएको थियो ।
यी सबैको बीच उक्त समारोहमा सबैको आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन ।
आइतबार सो भव्यतामा थप चमक आएको थियो जब अमेरिकी सिङगिङ सन्सेसन बियोन्सेले ओब्रोये ग्रुपको लक्जरी होटल उदाइभिलासमा पाइला टेकेकी थिइन् । सामाजिक सञ्जालहरुमा शेयर भएका भिडियोहरुमा बियोन्सेले रातो र सुनौलो सिल्ट गाउनमा रातैभरी गित गाएको देखिएको थियो । ती ख्यातीप्राप्त अमेरिकी गायिकाले निकट भविष्यमा वैवाहिक बन्धनमा बाँधिन तयार जोडीका लागि रोमान्टि ट्रैक डेडिकेट गर्दै सम्मान जनाएकी थिइन् ।
उक्त भव्य रात्रीमा फिल्म निर्माता तथा टक शो होस्ट करण जोहर फिल्म ‘कभि खुशी कभि गम’ को गित ‘लेजा लेजा’ मा नाचेका थिए ।
उक्त समारोहमा आकर्षणको अर्को केन्द्रविन्दु बनेको थियो ‘स्वदेश बजार’ जहाँ उपस्थित पाहुनाहरुका लागि विभिन्न परम्परागत हस्तकला कौशलहरु प्रदर्शनका लागि राखिएका थिए ।
The post इशा अम्बानीको संगित समारोह : बियोन्सेदेखि हिलारी क्लिन्टिनसम्म appeared first on Sajha Post.