Image may be NSFW.
Clik here to view.
एजेन्सी, २३ मंसिर । रजनीकान्त र अक्षक कुमार अभिनित फिल्म ‘टु पोइन्ट जिरो’ ले कलेक्शनको मामिलामा धेरैवटा रेकर्डहरु तोडिसकेको छ । फिल्म रिजिल भएको दश दिन बितिसकेको छ र यो दश दिनमा फिल्मले धेरैवटा रेकर्ड कायम गरिसकेको छ ।
बक्स अफिसको अनुसार फिल्म टु पोइन्ट जिरोले शनिबार आफ्नो दशौं दिनामा हिन्दी भर्जनबाट नै-नौ करोड २५ लाख भारतीय रुपयाँको कमाई गरिसकेको छ । फिल्मको कलेक्शनमा शुक्रबारको तुलनामा शनिबार करिब ६० प्रतिशत वृद्धि भएको छ ।
संयुक्तमा यस फिल्मले अहिलेसम्म १५२ करोड २५ लाख भारतीय रुपयाँ कमाई गरेको छ । फिल्मले यूपी, बिहार र गुजरातमा राम्रो कमाई गरिरहेको छ ।
गएको शुक्रबार नवोदित कलाकार सारा अली खानको केदारनाथ रिलिज भयो जसले टु पोइन्ट जिरोको जारी सफलतालाई चुनौती दिनसक्ने अनुमानहरु लगाइएको छ ।
यससँगै टु पोइन्ट जिरो फिल्म अक्षय कुमारको पूरै करियरमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । ग्रस कमाईको मामिलामा यो फिल्म ‘बाहुबली द कन्क्लूजन’ पछि दोस्रो ठूलो फिल्म बन्न सफल भएको छ ।
त्यस्तै यो फिल्म वर्डवाइड बक्स अफिसमा एक हप्तामा पाँचसय करोडभन्दा अगाडी गैसकेको छ । कुनै पनि बलिउड फिल्मका लागि यो निकै ठूलो सफलता हो ।
फिल्मको स्पेशल इफेक्ट्स र रजनीकान्त र अक्षय कुमारको फिल्मलाई निकै मन पराइएको छ ।
The post बलिउडकै दोस्रो ठूलो फिल्म बन्ने ‘टु पोइन्ट जिरो’, हालसम्म कमायो यति करोड appeared first on Sajha Post.