Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘हल्क’ का स्टेन लीको निधनले हलिउड शोकमग्न

$
0
0

एजेन्सी, २७ कात्तिक । ‘मार्वल कमिक्स’ को ‘जनक’ र ‘स्पाइडर मैन’ को ‘हल्क’ जस्ता भूमिकामा देखा पर्ने स्टेन लीको सोमबार निधन भएको छ । उनी ९५ वर्षका थिए । अमेरिकामा कमिक बुक संस्कृतिको अनुहार मानिने लीले अस्पतालमा अन्तिम स्वास लिएका हुन् ।

उनी लामो समयदेखि विमारी थिए । उनको मृत्युको खबर उनका छोराले प्रशंसकहरुलाई दिएका हुन् ।

स्टेन लीको निधनको खबर आएपछि सामाजिक सञ्जालमा निकै ठूलो तहल्का मच्चिएको थियो । स्टेन लीका फ्यानहरुले उनको विभिन्न भूमिकाका तस्वीरहरु र निकै भावनात्म पोस्टहरु शेयर गरेका छन् ।

२८ डिसेम्बर १९२२ मा न्युयोर्कमा जन्मिएका लीले १९६१ मा ‘दि फैंटास्टिक फोर’ को साथ कमिक्सको शुरुवात गरेका थिए । पछि उनले स्पाइडर मैन, एक्स मैन, हल्क, आयरन मैन, ब्लैक पैंथर, थोर, डाँक्टर स्टैंज र क्याप्टेन अमेरिका जस्ता फिल्महरुमा भूमिका निभाएका थिए ।
स्टेनलीको निधनप्रति बलिउडका हस्तीहरु सोनम कपूर, अनुपम खेर, इशा गुप्ताले पनि श्रद्धानजली व्यक्त गरेका छन् ।

The post ‘हल्क’ का स्टेन लीको निधनले हलिउड शोकमग्न appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles