Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कटु आलोचनाले रोकेन दर्शक, ‘ठग्स अफ हिन्दुस्तान’को कमाई सय करोड पार

$
0
0


एजेन्सी, २५ कात्तिक । मेगास्टार अमिताभ बच्चन र मिस्टर पर्फेक्सनिष्ट आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ओपनिङ कलेक्सनले जसरी इतिहास रच्यो त्यसरी नै यसले दर्शक तथा समीक्षकहरुबाट आलोचना पनि सहनुपर्‍यो ।

आलोचना मात्र होइन फिल्ममाथि व्यंग्य साध्दैँ सामाजिक सञ्जालभरी यसका मिम्स र ट्रोलहरु पनि भाइरल भैरहेका छन् ।

धेरै फिल्म समीक्षकहरुले यसको कथा तथा निर्देशनलाई लिएर नकरात्मक प्रतिक्रिया दिएका छन् । यद्यपि, फिल्मको बक्स अफिस कलेक्सनलाई हेर्ने हो भने यसले अर्कै झलक दिएको छ । फिल्मले मात्र तीन दिनमा सय करोडको आँकडा पार गरेर फिल्मको आलोचकलाई पनि मात दिएको छ ।

फिल्म क्रिटिक्स तरण आदर्शले ट्वीटरमार्फत ठग्स अफ हिन्दुस्तानले बिहीबार पचास करोड ७५ लाख, शुक्रबार २८ करोड २५ लाख र शनिबार २२ करोड ७५ लाख भारतीय रुपयाँको कमाई गरेको छ उल्लेख गरेका छन् । यसरी हेर्दा फिल्मले हालसम्म एकसय एक करोड ७५ लाख रुपयाँको व्यापार गरेको छ ।

फिल्मले सय करोडको कमाई गरेपनि एउटा विचार गर्ने कुरा के छ भने फिल्मको कमाईमा प्रत्येक दिन भारी गिरावट आइरहेको छ । पहिलो दिनको कमाईको अपेक्षामा दोस्रो दिन आधा मात्र कमाई भएको छ । बक्स अफिस भारतको अनुसार आइतबार फिल्मले १६/१७ करोड मात्र कमाएको छ ।

फिल्म करिब एकसाथ पाँच हजार स्क्रीनमा रिलिज भएको छ । यसबाहेक फिल्मलाई विश्वभरी सात हजार स्क्रीन्स प्राप्त भएको छ । यसलाई विजय कृष्णा आयार्चले निर्देशन गरेका हुन् ।

The post कटु आलोचनाले रोकेन दर्शक, ‘ठग्स अफ हिन्दुस्तान’को कमाई सय करोड पार appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles