एजेन्सी, २२ कात्तिक । टिभी च्यानल एचबीओबाट प्रसारित हुने चर्चित ड्रामा सिरिज ‘गेम अफ थ्रोन्स’ सधै चर्चामा रहँदै आएको छ । हालसम्म यसको सातवटा सिजन प्रसारित भैसकेको छ । यसको सबै सिरिजलाई दर्शकहरुले निकै मन पराए ।
यसैबीच सिरिजको प्रिक्वललाई लिएर ठूलो खबर बाहिर आएको छ । यससँगै सिरिजको यो प्रिक्वेलमा कुन अभिनेत्री मूख्य भूमिकामा हुने भन्ने कुराको पनि खुलासा भैसकेको छ ।
मिडियामा आएको खबर अनुसार गेम अफ थ्रोन्सकसो प्रिक्वेलमा हलिउडकी सुन्दर अभिनेत्री नाओमी वाट्स मूख्य भूमिकामा देखा पर्दैछिन् । सिरिजमा उनी करिशमाई सोशलाइटको एक अध्याँरोमा अभिनय गरेको देखिने छिन् । गेम अफ थ्रोन्सको यो प्रिक्वेलले हजारौं वर्ष पुरानो कहानीलाई दर्शाउने बताइएको छ ।
यस प्रिक्वेलमा स्वर्ण युगका नायकहरुको कसरी अन्धकार युग शुरु हुन्छ भनेर देखाइने बताइएको छ । तर यो प्रिक्वेलका नाम हालसम्म तय भएको छैन । यसमा नावमी वाट्स बाहेक धेरै ठूला हलिउड स्टारहरु पनि देखा पर्नेछन् ।
The post ‘गेम अफ थ्रोन्स’ को प्रिक्वेलबारे नयाँ खुलासा, यी अभिनेत्री आउँदैछिन् मूख्य भूमिकामा appeared first on Sajha Post.