इटहरी, २२ कात्तिक । इटहरी स्थायी घर भएकी विशाखा भट्टराईको पहिलो गीत पर्खाइमा सार्वजनिक भएको छ । युट्युबमार्फत् भट्टराईको गीत तथा भिडियो सार्वजनिक भएको हो ।
न्यूजलयले उक्त गीत उत्पादन गरेको हो । लेखन, गायन तथा संगीत भट्टराईको रहेको गीतको रेकर्ड इटहरीको पाथिभरा डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो । खाद्य विज्ञानमा स्नातक उत्तीर्ण गरेकी विशाखा गायनका साथै नृत्यमा समेत पोख्त छिन् ।
गीतको म्युजिक भिडियोलाई पत्रकार हिमाल दाहालले निर्देशन र छाँयाकन गरेका छन् ।
भिडियोको सम्पादन भने रोहित खनालले गरेका हुन् । गीत तथा भिडियो निर्माणका क्रममा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेस र दिब्यजल आवश्यक सहयोग गरेका थिए । पूर्वका खबरहरुलाई प्राथमिकता दिँदै समाचार सम्प्रेषण गरिरहेको न्युजलय डट कमले पहिलो पटक गीत निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा पनि राम्रो प्रतिभालाई सहयोग गर्ने जनाएको छ ।
The post लौ हेर्नुस् विशाखाको पर्खाइमा…(भिडियोसहित) appeared first on Sajha Post.