Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

शाहरुखको ‘जिरो’ फिल्मको क्लाइमेक्स सीन लिक, करोडौं घाटा लाग्ने सम्भावना

$
0
0

एजेन्सी, २१ कात्तिक । बलिउड बादशाह शाहरुख खान अभिनित नयाँ फिल्म ‘जिरो’ को क्लाइमेम्स सीन लिक भएको खबर बाहिर आएको छ । फिल्मको त्यस्तो सीन ट्वीटरबाट लिक भएको दावी गरिएको छ ।

सिंगर अदनान सामीले आफ्नो ट्वीटर ह्याण्डलबाट एउटा सीनलाई फिल्मको क्लाइमेक्स भन्दै ट्वीट गरेका थिए जुन पछि गएर निकै भाइरल भएको थियो । ट्वीटरमा लेखिएको छ, ‘जिरोको अन्त्यमा अनुष्का शर्मा प्यारालाइसिस भएर मर्छिन् र शाहरुख खान उनको अन्मित इच्छा पूरा गर्छ अन्तरीक्षयात्री बन्छन् । फिल्म सकिन्छ । उनको फिल्मको क्रेजलाई बर्बाद गर्नका लागि कसैलाई ट्याग नगर्नुहोला ।’

लामो समयदेखि एउटा हिट फिल्म दिनलाई आत्तिरहेको शाहरुख खानको यो फिल्मबारे फाइरल भैरहेको त्यस्तो ट्वीट यदि वास्तविक साबित भयो भने फिल्को कलेक्सनमा निश्चय नै गिरावट आउने छ ।

तर हालै अदनान सामीले एउटा अर्को ट्वीटबाट आफ्नो त्यस ट्वीटलाई फेक भएको बताएका छन् ।

शाहरुख खानको जन्मदिनको अवसरलाई पाररे रिलिज भएको जिरोको ट्रेलरलाई सबैले मन पराएका थिए । समालोचकहरुबीच यसले निकै राम्रो प्रतिक्रिया पनि पाएको छ । लामो समय पछि शाहरुख यस फिल्मबाट यस्तो भूमिकामा देखा पर्दैछन् जसले दर्शकहरुलाई उनीतर्फ आकर्षित गरेको छ ।

फिल्ममा उनको अलावा अनुष्का शर्मा र कैटरीना कैफ भूमिकामा छन् ।

The post शाहरुखको ‘जिरो’ फिल्मको क्लाइमेक्स सीन लिक, करोडौं घाटा लाग्ने सम्भावना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles