Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कपील शर्माको डुब्दो करियरलाई बचाउन अघि आए सलमान

$
0
0

एजेन्सी, २० कात्तिक । बलिउड अभिनेता सलमान खान कुनै पहिचानको भोका छैनन् । आफ्नो अभिनय कला र स्मार्ट फिगरले विश्वलाई आफूप्रति आकर्षित गराएका उनको एउटा पक्षलाई सायद कमैले ध्यान दिएका होलान् । उनको त्यस पहिचानलाई ‘इ‌न्डस्ट्रीको गडफादर’ भनेर सम्बोधन गर्ने गरिन्छ ।

नवोदित कलाकारलाई ब्रेक दिने सलमानको स्वभाग र ठूलो हृदयले उनलाई बलिउड उद्योगमा गडफादर नै बनाएको छ । उनले ब्रेक दिएका कतिपाय अभिनेता अभिनेत्रीहरुले आज बलिउडमा आफ्नो स्थान र पहिचान स्थापित गरिसकेका छन् । विश्वसुन्दरी तथा अभिनेत्री ऐश्वर्या रायदेखि पछिल्ला धेरै अभिनेत्रीहरु सोनाक्षी सिन्हा, जरिन खान अादीलाई उनले इ‌न्डस्ट्रीमा लन्च गरेका हुन् । राष्ट्रिय आपत् विपतमा पनि दीनदुःखीको झोला भर्ने काममा सलमान कहिल्यै पछि परेका छैनन् ।

यससँगै उनलाई इन्डस्ट्रीको गडफादर साबित गर्ने अर्को कार्य उनले गर्दैछन् । एउटा डुब्न लागेको नाउलाई उनले यसपटक सहारा दिने भएका छन् ।

हजुर, धेरै समय अघिदेखि बिटाउनमा चर्चित भारतीय हाँस्य कलाकार कपील शर्माको कमब्याकको खबर आइरहेको थियो तर ती खबरहरु कतिपटक अफवाह साबित भए र कपिलका फ्यानहरुको आशामा तुषारापात लाग्यो ।

तर, अब यो खबरलाई वास्तविक साबित गर्न कपीलले एउटा मजबूत सहारा पाएका छन् । करियरलाई ब्रेक दिने सलमानले यसपटक डुब्दै गरेको करियरलाई माथि उठाउने छन् । कपीलको नयाँ कमेडी शोले सलमान खानको प्रोडक्शन हाउस प्रोड्यूशरको रुपमा पाउने भएको छ ।

आगामी डिसेम्बर १६ बाट कपीलको नयाँ शो शुरु हुने भएको छ । यस अघि कपीलले आफ्ना सबै शोहरु आफै प्रोड्यूस गर्दै आएका थिए ।

मिड डेको खबर अनुसार कपील यो नयाँ शोका लागि फिल्म सिटीको आठौं तल्लामा सेट पनि बनाउँदैछन् । त्यसै स्थानमा कपीलले पुराना सिजनहरु चलाएका थिए ।

साथै, अर्को खुशीको खबर के छ भने १२ डिसेम्बरमा कपील आफ्नी प्रेमिकासँग विवाह बन्धनमा बाँधिदैछन् । विवाहको खबरलाई कपीलले आफै पुष्टि गरेका हुन् ।

The post कपील शर्माको डुब्दो करियरलाई बचाउन अघि आए सलमान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles