Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कलाकार संघका अध्यक्ष बोगटीको निधन

$
0
0

काठमाडौं, २३ असोज । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । ५८ बर्षीया बोगटीको टिकाथलीस्थित आफ्नै घरनजिक विजुलीको पोलले लागेर निधन भएको हो ।

घरबाट निस्किएका बोगटी घर नजिकैको रुख काटेको हेर्ने क्रममा गाडी रोकेर बाहिर निस्किएका थिए । सोही क्रममा विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोल ढलेर उनीमाथि बज्रिएको थियो ।

घटनापश्चात तत्कालि उपचारका लागि बोगटीलाई बीएन्डबी अस्पताल लैजँदै गर्दा उनको बाटोमै ज्यान गएको थियो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरेकी हुन् । निधन पश्चात ललितपुरको पाटन अस्पतालमा उनको पोष्टमार्टम गरिएको छ ।

The post कलाकार संघका अध्यक्ष बोगटीको निधन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles