एजेन्सी, २३ असोज । हलिउड फिल्म उद्योगबाट शुरु भएको मिटु अभियानले अहिले बलिउडमा पनि आफ्नो प्रभाव देखाउन शुरु गरेको छ । आफूमाथि भएको यौनजन्य दुर्व्यवहारलाई सामाजिक सञ्जालमार्फत ह्यासट्रेक मिटुको साथमा साझा गर्ने यो अभियानले हलिउड र विश्वका राजनीतिक तथा अन्य वित्तका हस्तीहरुलाई पनि सार्वजनिक गरिसकेको छ ।
यसै सिलसिलामा अहिले बलिउडमा यौन दुर्व्यवहारका आरोप प्रत्यारोपहरुले जोरसँग चर्चा पकडेको छ । अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि एकपछि अर्को गर्दै विभिन्न अभिनेत्रीहरुले आफूमाथि भएका यौन दुर्व्यवहारका घटनाहरुबारे खुलेर सार्वजनिक गर्न शुरु गरेका छन् ।
हालै अभिनेत्री कंगना रनावतले आफ्नो सुपरहिट फिल्म ‘क्वीन’ का निर्देशक विकास बहलमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । कंगनापछि अहिले अर्को एकजना अभिनेत्रीले पनि उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।
टिभी होस्ट मिस मालिनीसँग बोल्दै ती अभिनेत्रीले आफूले सधै विकास बहलसँग एक्लै नरहनका लागि सतर्क रहने गरेको बताइन् । उनको अनुसार एकपटक उनी करिब २० जना मानिसको साथमा एक पार्टीमा पुगेकी थिइन् जहाँ विकास बहलले नशाको धुनमा उनको ओठमा जबरजस्ती चुम्ने प्रयास गरेका थिए । तर यी अभिनेत्रीको पहिचानलाई हालसम्म गोप्य राखिएको छ ।
उनले विकास बहल सधै नसामा भएको नाटक गर्ने गरेको बताइन् ।
साथै ती अभिनेत्रीले विकास बहल उनको त्यस्तो व्यवहारका कारण धेरै पटक कामबाट निकालिएको पनि बताए । उनको पूर्व श्रीमतीलाई पनि यसबारेमा थाहा भएको ती अभिनेत्रीले बताइन् । यस अघि फिल्म ‘फैन्टम फिल्म्स’ की एक महिलाले कर्मचारीले पनि गोवा यात्राको दौरान विकास बहलले आफूमाथि अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
केही दिन अघि अभिनेत्री कंगना रनावतले पनि विकासमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै भनेकी थिइन्, ‘हाम्रो जब भेट हुन्थ्यो तब उ मेरो गर्दनमा आफ्नो अनुहार राखेर मलाई कसेर पकडथे र मेरो कपाल सुँघ्थे । उसलाई हटाउनका लागि मलाई निकै बल लगाउनुपर्दथ्यो ।’
The post बलिउडमा प्रभाव जमाउँदै मिटु अभियान, एकपछि अर्को यौन दुराचारको खुलासा appeared first on Sajha Post.