Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

निशान भट्टराईले गाए छक्का पञ्जा ३ को दोस्रो गीत (भिडियोसहित)

$
0
0

काठमाडौं, २५ भदौ । ‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोल रहेको उक्त गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ ।

दीपाश्री निरौला निर्देशित यस फिल्मको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण उक्त फिल्मको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । ‘पछि उमेर ढल्किन्छ…’ का कारण छक्का पञ्जा ३ लाई पनि ठूलो फाइदा हुने अनुमान गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ लगायत छन् ।

‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी भ्यूअर्सु बटुल्दै रेकर्ड राखिसकेको छ ।

The post निशान भट्टराईले गाए छक्का पञ्जा ३ को दोस्रो गीत (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles