Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बक्स अफिसमा बलियो प्रदर्शन गर्दै ‘स्त्री’, सय करोड नजिक कलेक्सन

$
0
0

एजेन्सी, २५ भाद्र । राजकुमार राव र श्रद्धा कपुर अभिनित हरर कमेडी फिल्म ‘स्त्री’ ले बक्स अफिसमा बलियो प्रदर्शन गर्दैछ । दोस्रो शुरु गर्दासम्म स्त्रीले ८० करोड रुपयाँको व्यापार गरेको छ । बक्स अफिसमा यसको प्रदर्शनको रफ्तारलाई देखेर यसले सजिलै सय करोड रुपयाँको व्यापार गर्नसक्ने देखिएको छ ।

रिलिजको आठौं दिन फिल्मले चार करोड ३९ लाख रुपयाँ जम्मा गरेको थियो । तर त्यसको भोलिपल्ट शनिबार ८ सेप्टेम्बरमा यसले ७४ प्रतिशतले बढेर सात करोड ६३ लाखको कमाई गर्यो । आइतबारसम्म दश दिनको यात्रा तय गर्दा फिल्मको नेट कलेक्शन ८२ करोड २९ लाख रुपयाँमा पुगेको थियो । यदि फिल्म यही गतिमा अगाडी बढ्यो भने यो सय करोड कमाउने सूचीमा आउने हप्तासम्म दर्ता भइसक्छ ।

फिल्ममा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बैनर्जी प्रमुख भूमिकामा छन् । आफ्नो दमदार अभिनयबाट बलिउडमा उदयीमान अभिनेताको छवि बनाएका राजकुमार रावको स्टारडमलाई फिल्म ‘स्त्री’ ले अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

The post बक्स अफिसमा बलियो प्रदर्शन गर्दै ‘स्त्री’, सय करोड नजिक कलेक्सन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles