Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सन्तानको योजनामाथि अनुष्काको यस्तो शर्त, पूरा गर्लान् त विराट ?

$
0
0

एजेन्सी, २४ भाद्र । बलिउडमा चक्लेटी अभिनेताको पहिचान बनाएका शाहिद कपुर भर्खरै दोस्रो सन्तानको पिता बनेका छन् । यस अवसरमा उनलाई धेरै बलिउड सेलिब्रेटीहरुले बधाई दिएका थिए । जसमध्ये अभिनेत्री सोनम कपुरको बधाई र शाहिदको प्रतिक्रियाले बलिउडमा निकै ठूलो चर्चा बटुलेको थियो ।

केही महिना अघि विवाह बन्धनमा बाँधिएकी सोनमलाई पनि प्रतिक्रियामा शाहिदले उनबाट खुशीको खबरको अपेक्षा गरेको संकेत दिएका थिए । यद्यपि, सोनमबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया भने आएको छैन । तर यसैबीच सोनमभन्दा केही अघि भारतीय क्रिकेट कप्तान विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अनुष्का शर्माको भने सन्तानको योजनाबारे एउटा चर्चा अहिले बलिउडमा चलेको छ ।

खबरअनुसार सन्तानको विषयमा अनुष्काले विराटसँग एउटा सर्त राखेकी छिन् । अनुष्काले विराटसँग आफ्नो हुनेवाला सन्तानको पालनपोषण आम बालबालिकाको जस्तै होस् र आफुहरुको कामको प्रभाव बच्चामा नपरोस् भन्ने शर्त उनले विराट सामू राखेकी छिन् ।

विराट र अनुष्का नै आफ्नो सन्तान कुनै सेलिब्रेटीको रुपमा नहुर्किउन् भन्ने चाहन्छन् । यसअघि विराटले पनि सन्तानको विषयलाई लिएर यस्तै बयान दिएका थिए ।

उनले यसअघि मिडियासँग सन्तानको योजना गरिरहँदा घरबाट आफ्नो सफलताका झलकहरु दिने मेडल, ट्रफीहरु हटाउने बताएका थिए ।

The post सन्तानको योजनामाथि अनुष्काको यस्तो शर्त, पूरा गर्लान् त विराट ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles