Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

केरेला बाढी : १२ करोड राहत रकमको ट्वीटले हिरोबाट जिरोमा झरे सलमान खान

$
0
0

एजेन्सी, ११ भाद्र । केरेलाका बाढी पीडितहरुहरुको सहयोगका लागि बउिलड सेलिब्रेटीहरु अगाडि आइरहेको खबरले अहिले बी टाउन तातिएको छ । सहयोग रकम उपलब्ध गराउनेहरुको सूचीमा सुशान्त राजपूत, जैकलिन फर्नाडिज, सनी लियोनी, अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार र प्रिया प्रकाश जस्ता सेलिब्रटीहरुका नामहरु आइरहेका छन् ।

यसैबीच केही समय अघि अभिनेता सलमान खानको नाम पनि मिडियामा आएको थियो । खबरहरुको अनुसार सलमानले १२ करोड रुपैंयाको सहयोग रकम मूख्यमन्त्री आपदा कोषमा जम्मा गरेर सबै बलिउड सेलिब्रेटीहरुको रेकर्ड तोडेको बताइएको थियो । खबर फैलिएपछि पर्दाका हिरो सलमान असल जीवनमा पनि हिरो नै भएको भनेर मिडिया र सामाजिक सञ्जालमा उनको भक्ति गाइएको थियो । तर केही घण्टा नबित्दै १२ करोडको वास्तविकता एकाएक सामून्ने आएको छ जसले सलमानको छविलाई हिरोबाट जिरोमा झारेको छ ।

वास्तवमा सलमानको सहयोग रकमको चर्चाको सुरुवात अभिनेता जावेद जाफरीको एउटा ट्वीटबाट भएको थियो जसमा जाफरीले सलमानले बाढी पीडितका लागि १२ करोड रुपयाँ प्रदान गरेको आफूले सुनेको लेखेका थिए । तर पछि जावेदको उक्त ट्वीट एकाएक ट्रोल बन्यो ।

केही ट्रोलर्सहरुले केलेलाका मूख्यमन्त्रीको ट्वीट पनि पठाएका छन् जसमा बलिउड स्टार्सहरुको दानको बारेमा जानकारी दिइएको छ । उक्त ट्वीटमा सलमानको नाम कहीं पनि देखिएको छैन ।

त्यस लगत्तै जाफरीले आफ्नो गल्ती महसुस गर्दै अर्को ट्वीट गरे । अर्को ट्वीटमा जाफरीले सलमानको दानबारे आफूले सुनेको मात्र भन्ने पहिलो ट्वीटमै खुलाएको लेखेका छन् । उनले सलमानका त्यस अघिका रेकर्डहरु हेर्दा त्यो सम्भव हुने आफूलाई लागेका र त्यो निश्चि नभएसम्म आफ्नो बयान फिर्ता लिने उनले लेखेका छन् ।

सलमानलाई हिरो बनाउने चक्करमा जावेद आफै ट्रोल बने । हालका दिनहरुमा जावेद आफ्नो अपकमिङ फिल्म ‘टोटल धमाल’ को शूटिङमा व्यस्त छन् । फिल्ममा उनको साथमा अनिल कपुर र माधुरी दिक्षित पनि छन् ।

The post केरेला बाढी : १२ करोड राहत रकमको ट्वीटले हिरोबाट जिरोमा झरे सलमान खान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles