Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

केरेला बाढी पिडितका लागि प्रिया प्रकाशको यस्तो योगदान

$
0
0

एजेन्सी, १० भाद्र । भारतको केरेला राज्यको भिषण बाढी पीडितहरुलाई सहयोगार्थ विभिन्न व्याक्तित्व र बलिउडका हस्तीहरुले आफ्नो ढुकुटी खन्याएको खबरहरु मिडियामा आइरहेका छन् ।

सहयोगका लागि उद्योगपति अम्बानी परिवारदेखि पोर्नस्टार सन्नी लियोनी, महानायक अमिताभ बच्चन लगायतका धेरै व्यक्तित्वहरु अगाडी आएको खबरबीच केही महिना अघि इन्टरनेटमा आखाँ झिम्क्याएर भाइरल बनेकी प्रिया प्रकाश वरियर पनि सहयोगका लागि अगाडी आएकी छिन् ।

हालै प्रियाले मुख्यमन्त्री आपत् राहत कोषमा एक लाख रुपयाँ सहयोग राशी जम्मा गरेकी छिन् । खबरका अनुसार प्रिया प्रकाश इन्टरनेटमा कुनै पनि प्रोडक्टको प्रोमोशन गर्नका निम्ति एक पोस्टको आठ लाख रुपयाँसम्म चार्ज लिन्छिन् ।

खबरका अनुसार अभिनेता सुशांत सिंह राजपूतले बाढी पिडितका लागि एक करोड रुपयाँ सहयोग राशी दिएका छन् । त्यस्तै अमिताभ बच्चनले ५१ लाख रुपयाँ र सामाग्री पठाएका छन् । रिलायन्स फाउन्डेशनकी अध्यक्ष नीता अम्बानीले २१ करोड रुपयाँ र ५० करोड बराबरको सामाग्री पठाएकी छिन् ।

केरेलाको भिषण प्राकृतिक प्रकोपमा हालसम्म सयकडा मानिसहरु बेघर भएका छन् भने ३५० जनाले ज्यान गुमाइसकेका छन् ।

The post केरेला बाढी पिडितका लागि प्रिया प्रकाशको यस्तो योगदान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles