एजेन्सी, ६ भाद्र । बलिउड अभिनेता इरफान खान हाल वेलायतमा ‘न्यूरो इंडोक्राइन ट्यूमर’ नामको दुर्लभ रोगको उपचार गराइरहेका छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको खबरबीच उनका फ्यानहरुका लागि एउटा खुशीको खबर आएको छ ।
उपचारार्थ वेलायत जानुपरेपछि इरफान एआइबीको वेभ सिरिज ‘गोरमिंट’ लाई छोड्ने खबर आएको थियो । बिरामीका कारण उक्त सिरिजलाई छोड्ने खबर इरफानले आफ्नै फेसबुक पोस्ट मार्फत बताएका थिए ।
इरफानले सिरिज छोड्ने खबर र उनको बिमारबारे थाहा पाएपछि उनका फ्यानहरु निराश भएका थिए तर हालै मिलेको ताजा जानकारीले उनका फ्यानहरुमा खुशीको लहर उत्पन्न गराएको छ । इमरान खानले आफ्नो सुध्रिदो स्वास्थ अवस्थाको बीच फिल्म ‘हिन्दी मीडियम’ को सिक्वेलबाट चाडैं नै नयाँ अभिनय शुरु गर्ने बताएका थिए ।
वेभ पोर्टल बलिउड लाइफको अनुसार इरफान खानले हिन्दी मीडियमको सिक्वेलमा मुख्य भूमिकाका लागि मन्जुरी दिएका छन् । साथै यसले उनको स्वास्थ अवस्थामा तीव्र सुधार आइरहेको र चाडै स्वदेश फर्कने संकेत पनि दिएको छ । यस फिल्मलाई अडजानियाले निर्देशन गर्ने बताइएको छ । फिल्मको पहिलो पार्टमा इरफानको अपोजिटमा अभिनेत्री सबा कमर मूख्य भुमिकामा थिइन् ।
इरफानले पछिल्लो दिन आफ्नो छैठौं र अन्तिम किमो गराएका थिए ।
The post इरफान खानको स्वास्थ अवस्थामा तीव्र सुधार, नयाँ फिल्मका लागि दिए मन्जुरी appeared first on Sajha Post.