एजेन्सी, ५ भाद्र । आफ्नो जीवनमा आधारीत वेभ सिरिज ‘करनजीत कौर’ को ट्रेलरमा एक प्रोस्टीच्यूट र पोर्न स्टारबीचको भिन्नताबारे एक पत्रकारले प्रश्न गर्दा पोर्नस्टार सन्नी लियोनीले एक समानता ‘हिम्मत’ रहेको जवाफ दिइन् ।
करनजित कौर सन्नी लियोनीको वास्तविक नाम हो । सन्नी लियोनी पछिल्लो पाँच वर्षमा भारतमा सबैभन्दा बढी गुगल गरिने नाम हो । मानिसहरु उनलाई हेर्न, बुझ्न चाहन्छन् र धेरैले उनीबारे आफ्नो धारणा पनि बनाएका छन् ।
सन्नीको अनुसार करनजीत कौर बनेर पत्रकारसँग अन्तरवार्ता सूट गर्न उनलाई निकै मुश्किल भएको थियो ।
करनजीत कौरको ट्रेलर सार्वजनिक भएपछि बीबीसी भारतले सन्नी लियोनीसँग अन्तरवार्ता लिएको थियो । अन्तरवार्ताका क्रममा पत्रकारले सन्नीको नाममा उत्पादन भएको नयाँ परफ्युम ‘द लस्ट’, उनको निजी जीवन, भारतमा पर्न इण्डस्ट्री जस्ता विषयमा उनीसँग प्रश्न राखिएको थियो ।
सन्नी भारतमा पर्न इंडस्ट्रीलाई कानुनी मान्यता दिनुपर्ने सवालमा आफ्नो सोच अरुमा नथोपर्ने बताउँदै त्यसको फैसलाको हक सरकार र त्यहाँको जनताका हातमा भएको बताउँछिन् ।
सन्नी आफु एक स्वतन्त्र विचार भएको परिवारमा हुर्किएको र आफुले बुवा आमाबाट मन्जुरी नपाए पनि आफ्नो इच्छा बमोजिमको फैसला लिएको र उनीहरुको फैसलालाई सम्मान गर्ने बताइन् ।
सन्तानको विषयमा सन्नीले एक छोरीलाई काख लिएकी छिन् र सरोगेसीबाट उनका दुई छोरा छन् । ती सन्तानलाई उनले भविष्यमा स्वेच्छापूर्वक स्वतन्त्र फैसला लिन दिन्छिन् भन्ने प्रश्नमा उनी सकरात्मक देखिइन् ।
पत्रकारहरुले उनलाई एउटा अन्तिम प्रश्न सोधेका थिए जुन सन्नी लियोनीको बारेमा थियो र त्यसको उत्तर उनलाई सायद करनजीत कौर बनेर दिनुपर्ने थियो ।
उनलाई सोधिएको थियो, ‘के तपाई आफ्नो पछिल्लो पेशाको बारेमा आफ्ना सन्तानहरुलाई बुझाउन सक्नुहुन्छ ।’
सायद त्यो प्रश्न सन्नीलाई मन परेको थिएन तर यो प्रश्न उनको मनमा नखेलेको पनि होइन होला ।
आफ्नो जीवनमा सन्नीले जुन फैसला लिइन् त्यसको कारण आम मानिसले उनीबारे बनाएको धारणासँग जिउन उनलाई सहज छैन ।
तर उनले उत्तर दिएको त्यही ‘हिम्मत’ देखाएर उनले भनिन् कि यो समय त्यो विषय उनको सरोकार होइन । उनलाई लामो समयदेखि आमा बन्ने इच्छा थियो र आज त्यो पुरा भएपछि उनी त्यसको आनन्द उठाउँदै छिन् ।
तर उनले समय आएपछि आफ्नो वास्तविक पक्ष बच्चाहरु सामु राख्ने उनले बताइन् । सन्नीले बच्चाहरुलाई सबै यथार्थ कुरा बताउन सके मात्र आफु राम्रो आमा बन्न सक्ने बताइन् ।
The post आफ्नो वास्तविक कामबारे आफ्ना सन्तानलाई यसरी बुझाउँछिन् सन्नी लियोनी appeared first on Sajha Post.