Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

टम क्रुजको कारणले शाहरुख यसरी बने ‘रोमान्स किङ’

$
0
0

एजेन्सी, ९ साउन । हलिउडका सुपरस्टार टम क्रुज हालका दिनमा निकै चर्चामा छन् । उनको नयाँ फिल्म ‘मिशन इपोसिबल फलआउट’ आगामी जुलाईमा रिलिज हुँदैछ । अन्य समयझै उनले यसपटक पनि फिल्मका स्टन्ट स्निनहरु आफैले गरेका छन् । यी हलिउड अभिनेताको फ्यानहरु एक्शन लभर्स मात्र नभएर उनको सुन्दर व्यक्तित्वमा कायल धेरै महिलाहरु पनि छन् ।

वर्षौं अघि टमले हलिउड बाहिर बलिउडमा पनि आफुले काम गर्न चाहेको उद्घोष गरेका थिए । त्यो सफल पनि हुने थियो तर जुन फिल्मबाट टम बलिउडमा डेब्यु गर्दै थिए त्यो फिल्म शाहरुख खानले हात पारे र त्यहीँ फिल्मबाट शाहरुखले आजको स्टारडम कमाएका हुन् ।

वास्तवमा जुन फिल्मबाट टम बलिउडमा एन्ट्री गर्नेवाला थिए त्यो फिल्म ९० को दशकको ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ थियो । आज शाहरुखलाई ‘किङ खान’ को उपाधी त्यही फल्मले दिएको हो । यसैकारण पनि शाहरुखलाई बलिउडको टम क्रुज भनिन्छ ।

तर शाहरुखलाई उक्त फल्मलाई वाध्यताले अफर गरिएको थियो । डिडिएलजे आदित्य चोपडाको डेब्यु निर्देशन थियो । उनले फिल्मको कहानी र पटकथा आफै लेखेका थिए त्यस समय उनको उमेर मात्र २३ वर्षको थियो । जब उनी कहानी लेख्दैथिए, तब राज मल्होत्रा पात्रको भुमिकामा उनको दिमागमा टम क्रुज उदाएका थिए । तर उनको बुवा यस चोपडाले हलिउडको अभिनेतासँग मानिसहरुले अपनत्व महसुस गर्न नसक्ने बताए । साथै विदेशी अभिनेताले भारतीय केटीलाई मण्डपबाटै उठाएर लाग्दा मानिसहरुलाई मन नपर्ने कुरा बताएपछि आदित्यले टम क्रुजलाई दिमागबाट हटाएर शाहरुखलाई फिल्मका लागि अफर गरेका थिए ।

तर टमको सोच खारेज गरेपनि आदित्यले शाहरुखबारे केही सोचेका थिएनन् । उनी अघि आदित्यले सेफ अलि खानबारे सोचेका थिए सेफले अफरलाई टुक्राएपछि उनी बाध्य भएर शाहरुखकहाँ पुगेका थिए ।

जब डिडिएलजेको शुटिङ चलिरहेको थियो त्यस समय शाहरुख अधिकतम् नकरात्मक भुमिकामा फिल्ममा देखा पर्थे । ‘डर’ ‘बाजीगर’ र ‘अन्जाम’ जस्ता फिल्महरुमा उनको नकरात्मक भुमिकालाई निकै सराहना मिलेको थियो । फिल्म रोमान्टिक प्याटर्नको भएकोले आदित्य कुनै पनि नकरात्मक छवि भएको कलाकारलाई लिन चहाँदैन थिए । तर जब शाहरुखलाई उक्त अफर मिल्यो उनले अवसरको राम्रो फाइदा उठाए । वास्तवमा आज राज मल्होत्राको भुमिकामा शाहरुख बाहेक अन्य कुनै अभिनेतालाई कल्पनासम्म गर्न सकिँदैन ।

The post टम क्रुजको कारणले शाहरुख यसरी बने ‘रोमान्स किङ’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles