एजेन्सी, ७ साउन । पाकिस्तानको यस पटकको चुनाव धेरै कारणले फरक सावित हुँदैछ । एकातर्फ राजनीतिक दलहरु एकअर्कामाथि कटाक्ष गरेर थाकेका छैनन् भने दोस्रो तर्फ यस चुनावमा भारत अहम् मुद्दा बनेको छ । अहिलेसम्म त भारतको नीति र कश्मिर मुद्दामाथि चर्चा चर्की थियो अहिले आएर पोस्टर वारले पनि निकै ठूलो चर्चा पाएको छ ।
हालैका दिनमा पाकिस्तानको तहरीक ए इन्साफ दलको एकजना उम्मेद्वारको पोस्टर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । त्यस पोस्टरमा बलिउड नायिका धक धक गर्ल माधुरी दिक्षित र अमिताभ बच्चनको तस्वीर छ । पोस्टरमा माधुरी र अमिताभ दुवैको जवानीको तस्वीर प्रयोग गरिएको छ ।
पीटीआईका ती उम्मेद्वारको पार्टीको चुनाव चिन्ह क्रिकेट ब्याट हो र साथमा एकजना बच्चाको तस्वीर पनि पोस्टरमा राखिएको छ । पाकिस्तानको मुल्तानमा त्यो पोस्टर टाँसिएपछि त्यो भाइरल भएको हो । पीटीआईको त्यो उम्मेद्वारको नाम सरदार अब्बास डोगर हो ।
पोस्टर भाइरल भएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् ।
The post पाकिस्तान चुनावसँग माधुरी दिक्षित र अमिताभको के सम्बन्ध? appeared first on Sajha Post.