Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

आठ वर्षपछि पर्दामा सँगै अभिषेक र ऐश्वर्या

$
0
0

एजेन्सी, ६ साउन । बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन ८ बर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन् । उनीहरुले एकसाथ काम गरेको फिल्म सन् २०१०मा फिल्म ‘रावण’ पश्चात यो जोडी फिल्म ‘गुलाब जामुनझ् मार्फत पर्दामा एकसाथ देखिन लागेको भारतीय समाचार माध्यमले जनाएका छन् । फैटम फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘गुलाव जामुन’मा उनीहरुले एक साथ काम गर्ने भएका हुन् ।

रिल मात्रै नभई रियल जोडी समेत रहेका ऐश्वर्या र अभिषेकको एक छोरी छिन् ।

उनीहरुले यसअघि फिल्म ढाई अक्षर प्रेम के, कुछ ना कहो, उमराव जान, धूम २, गुरु, सरकार राज र रावण जस्ता फिल्ममा एकसाथ काम गरिसकेका छन् ।

The post आठ वर्षपछि पर्दामा सँगै अभिषेक र ऐश्वर्या appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles