Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

इंगेजमेन्टपछि भाइरल बन्यो प्रियंकाको बोल्ड तस्विर

$
0
0

काठमाडौं, ३ साउन । अभिनेत्री प्रियंका कार्की केहीदिन अघि मात्रै आफ्नो इंगेजमेन्ट गुपचुप रुपमा गरिन् । प्रेमी तथा अभिनेता आयुष्मान देशराजसँग इन्गेजमेन्ट लगत्तै अमेरिका पुगेकी प्रियंकाको यतिबेला इन्स्ट्राग्राममा अपलोड गरिएको उनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई प्रशिक्षणका लागि अमेरिका पुगेकी प्रियंकाले स्वीमिङ पुलमा बसेको एक ‘बोल्ड’ तष्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरिन् । जहाँ उनले टु–पिस ड्रेसअपमा रोमान्टीक भावमा प्रस्तुत भएकी छिन् ।

उक्त तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनका फ्यानले मिश्रित प्रतिकृया दिएका छन् । केहीले सामान्य मानेका छन भने केहीले यसलाई अपाच्य किसिमको प्रतिक्रिया समेत दिएका छन् । हुन त प्रियंकाको बोल्ट तस्वीर यो नै पहिलो पटक भने होइन । उनका बोल्ड तस्वीरकै कारण उनी बेला बेलामा चर्चामा आउने गर्छिन् । गत वर्ष मात्रै हुनेवाला सासु तथा बैंकर रविना देसरासँग स्वीमिङ पुल खिचेको हट तस्बिरले पनि उनी विवादमा तानिएकी थिइन् । विवाहको तयारीमा लागेकी प्रियंका इङ्गेजमेन्टलगत्तै यस्तो तस्बिर सार्वजनिक हुनुले आयुषमानले कसरी लिनेछन् भन्ने हेर्न बाँकी छन् ।

The post इंगेजमेन्टपछि भाइरल बन्यो प्रियंकाको बोल्ड तस्विर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles