एजेन्सी, ३ साउन । फिल्म ‘संजू’मा गरेको अभिनयका कारण यतिबेला बलिउडमा रणबीरको चर्चा छ । यसैबीच रणबीर कपूर आफ्नो नयाँ फिल्म ‘सर्किट’मा देखिने खबर आएको छ ।
संजय दत्तको जीवनीमा आधारित फिल्ममार्फत प्रशंसा बटुलेका रणबीर र संजयलाई दर्शकले पनि एकसाथ हेर्न चाहिरहेका छन् । खबरका अनुसार रणबीर र संजय सँगै काम गर्न सक्छन् । सुत्रलाई मान्ने हो भने यी दुवै अभिनेतालाई राजकुमार हिरानीले एक फिल्ममा देखाउनेछन् ।
यस फिल्म ‘मुन्ना भाई’को सिक्वेल हुने बताइएको छ ।
The post ‘संजू’पछि सर्किट बन्दै रणबीर ! appeared first on Sajha Post.